काठमाडौं, १२ चैत्र । पुँजी बजार र आर्थिक अवस्थाको ब्यारोमिटर मानिएको शेयरबजारमा सोमबार ठूलो गिरावट आएको छ ।
शेयर बजारको परिसूचक नेप्से दुई बर्ष यताकै न्यून बिन्दुमा आएर अडिएको छ ।
साताको पहिलो दिनको कारोबार शुरुबाटै ह्रासोन्मुख रह्यो र ४० मिनेटमा नै सर्किट ब्रेक लाग्ने अवस्था सिर्जना भयो ।
आज कारोबार सुरु भएको १ घण्टा भित्रै बजार४० मिनेटमा बजार ३ प्रतिशत(३६.८५ अंक)ले घटेपछि सर्किट ब्रेक लागेको थियो । नेप्से परिसूचक ३.०२ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको हो ।त्यतिबेला नेप्से परिसूचक ११८३.५९ को बिन्दुमा पुगेको थियो ।
नेपाल धितोपत्र विनिमय नियमावलीमा कारोबार खुलेको १ घण्टाभित्र ३ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । त्यसको १५ मिनेटमा बजार खुल्दा थप १ प्रतिशत अर्थात कूल ४ प्रतिशतले बढ्न वा घट्न गएमा दोस्रो ब्रेक लाग्ने र त्यसको १५ मिनेटपछि बजार खुल्दा थप १ प्रतिशतले बढन वा घटन गएमा त्यो दिनको कारोबार पुरै बन्द गरिने प्रावधान छ ।
नेगेटिभ सर्किट लागेको अवस्थामा कारोबार चलाउन कृत्रिम तरिकारले शेयर ब्रोकरहरुले नै अड्याउने चलन छ । कारोबार बन्द हुँदा सबै ब्रोकरको आम्दानी नै बन्द हुन जान्छ ।
कृतिम तवरले दोस्रो र तेस्रो सर्किट ब्रेक लाग्नबाट बचाए पनि आज शेयरबजारमा ऐतिहासिक पहिरोलाई कसैले थाम्न सकेन ।
नियमित कारोबार पछि बजार बन्द हुने समयमा नेप्से सूचक ५१.८९ अंकले घटेर ११६८.५५ को बिन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचक २०७२ पुस २२ यताकै न्युन विन्दुमा आइपुगेको छ । सूचक दुई वर्षपछि १२ सय बिन्दु मुनि आएको हो ।
आज कारोबारमा आएका १५७ कम्पनीको १५ लाख ६८ हजार ६ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट ४७ करोड ७० लाख ७७ हजार ७ सय २६ रुपियाँको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।
आज १३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरै अंकले घटेको छ । आज केवल २ कम्पनीको शेयर मूल्य बढेको छ । आज प्रोग्रेशिभ फाइनान्स र स्वदेशी लघुवित्तको शेयर मूल्य बढेको हो ।
श्वेत पत्रमार्फत आर्थिक समस्याको समाधानको आशा गरिरहेकाहरुलाई अर्थमन्त्री डा. गभर्नर खतिवडाले शनिवार विराटनगरमा दिएको अभिव्यक्तिले निराश बनाएको थियो ।
अर्थमन्त्री डा. खतिवडाले शेयरबजारको ह्रास र तरलताको संकटलाई निकै हल्का रुपले टिप्पणी गरेका थिए ।