Prakash Adhikari January 1, 2023

 

काठमाडौं, १७ पौष । ग्रेगोरियन पात्रोअनुसार आज नयाँ वर्ष सन् २०२३ सुरु भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत सुरुआत भएको मानिन्छ।

पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन् प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीले बताउनुभयो।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ।

केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँका ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा नयाँ बर्षको अघिल्लो रातमा म्युजिक कन्सर्ट, सडक महोत्सव र आतशवाजी गरेर ‘न्यु इयर इभ’ मनाउने चलन छ ।
शनिवार साँझ काठमाडौंका ठमेल र भृकुटी मण्डपमा भव्य कार्यक्रम गरी सन् २०२२ लाई विदाई र सन २०२३ लाई स्वागत गरिएको थियो ।

Share Now

Leave a comment.