पोखरा(कास्की), १७ पौष । तराई विद्यार्थी सेवा समाजको आयोजनामा हुने साँस्कृतिक मेला २०७९ को पूर्व कार्यक्रमहरु मध्ये ‘सुपर सिक्स क्रिकेट प्रतियोगिता’ को फाइनल खेल भोलि हुने भएको छ ।
फाइनल खेल सास स्ट्राइकर र स्कूल ऑफ़ बिजनेस (एसओबि)बीच हुने छ।
तराइ विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयको आयोजना र पोखरा विश्वविद्यालय क्रिकेट क्लबको सहयोगमा भैरहेको यस प्रतियोगितामा पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत विभिन्न संकायका १० टीमले सहभागिता जनाएका छन् ।
महिला क्रिकेटलाइ प्रबधन गर्न भोलि महिला क्रिकेट खेल पनि राखिएको छ । महिला क्रिकट प्रतियोगिता तराइ विद्यार्थी सेवा समाज र पोखरा विश्वविद्यालय बीच हुुने प्रतियोगिताका संयोजक अभिषेक झा ले बताउनुभएको छ।



















