Prakash Adhikari January 1, 2023

 

काठमाडौं, १७ पौष । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

 

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकीकृत कारोबारको बाटो खुल्ने छ ।

दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी यी दुई बैंक मर्ज भएका हुन् ।

Share Now

Leave a comment.