Prakash Adhikari January 5, 2023

 

भरतपुर(चितवन), २१ पौष । होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन हुनुभएको छ ।

चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (सङ्गठन( उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती हुनुभएको छ।

उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महतारा सर्वसम्मत हुनुभएको छ।

सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन हुनुभएको छ । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।

 

Share Now

Leave a comment.