Prakash Adhikari January 7, 2023
कीर्तिपुर(काठमाडौँ), २३ पौष। कप्तान रोहित पौडेल र गौरान्सु शर्मा दुवैले अर्धशतकीय पारी खेलेपछि काठमाडौँ नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी २० लिगको प्लेअफमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

विराटनगरका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको इनिङ खेले उनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । जारी प्रतियोगितामा यो रोहितको तेस्रो अर्धशतक हो ।

खेलमाओपनर अर्जुन साउद १० रनमा आउट हुँदा गौरान्सु शर्माले ५१ रनको अविजित इनिङ खेले । उनले ४९ बलमा चार चौका प्रहार गरे । हुसेन टलत २१ रनमा पभेलियन फर्कँदा विवेक यादव १० रनमा अविजित रहे ।

 

 

Biratnagar Super Kings  (T: 155 runs from 20 ovs)
BATTING R B 4s 6s SR
Arjun Saud † c †Lokesh Bam b Bohara 10 7 2 0 142.85
Gauranshu Sharma  not out 51 49 4 0 104.08
Rohit Paudel (c) run out (S Gautam/†Lokesh Bam) 66 42 5 3 157.14
Hussain Talat  b Bohara 21 12 2 1 175.00
Bibek Yadav  not out 10 2 1 1 500.00
Extras (w 2) 2
TOTAL 18.4 Ov (RR: 8.57) 160/3
Fall of wickets: 1-21 (Arjun Saud, 2.1 ov), 2-115 (Rohit Paudel, 13.6 ov), 3-150 (Hussain Talat, 18.2 ov)

विराटनगरलाई रोक्ने क्रममा काठमाडौँका अविनाश बोहराले दुई विकेट लिए । उनले ३ं४ ओभरमा ३५ रन खर्चिए ।

BOWLING O M R W ECON WD NB
Kamal Airee 3 0 29 0 9.66 1 0
Anil Kharel 4 0 31 0 7.75 0 0
Abinash Bohara 3.4 0 35 2 9.54 0 0
Basir Ahamad 4 0 29 0 7.25 1 0
Sunam Gautam 4 0 36 0 9.00 0 0

यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो ।

काठमाडौँका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे । सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे ।

 

Kathmandu Knights  (20 ovs maximum)
BATTING R B 4s 6s SR
Santosh Karki  c B Yadav b Paudel 34 34 3 1 100.00
Sunam Gautam  c Paudel b Nannan 8 10 1 0 80.00
Lokesh Bam † c Routela b Nannan 0 4 0 0 0.00
Alex Blake  b NK Yadav 34 26 2 2 130.76
Sandeep Rajali  c Paudel b Nannan 30 24 2 1 125.00
Gyanendra Malla (c) not out 22 13 2 1 169.23
Kamal Airee  lbw b Nannan 0 1 0 0 0.00
Basir Ahamad  not out 17 8 1 1 212.50
Extras (lb 5, w 4) 9
TOTAL 20 Ov (RR: 7.70) 154/6
Fall of wickets: 1-20 (Sunam Gautam, 3.5 ov), 2-26 (Lokesh Bam, 5.2 ov), 3-55 (Santosh Karki, 9.5 ov), 4-107 (Alex Blake, 15.3 ov), 5-117 (Sandeep Rajali, 16.5 ov), 6-117 (Kamal Airee, 16.6 ov)

काठमाडौंलाई रोक्न विराटनगरका राज नननने उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

 

BOWLING O M R W ECON WD NB
Keon Joseph 3 0 26 0 8.66 1 0
Hussain Talat 2 0 19 0 9.50 0 0
Nandan Yadav 4 0 28 1 7.00 2 0
Raj Nannan 4 1 13 4 3.25 1 0
Surya Tamang 4 0 34 0 8.50 0 0
Rohit Paudel 3 0 29 1 9.66 0 0

विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । १० खेलमा ४ जित निकालेको काठमाडौंको ८ अंक रहेको छ । अंक तालिकामा पोखराको ६ र फारवेस्टको ४ अंक रहेको छ । काठमाडौँ प्लेअफ पुग्न पोखरा आज हुने दोस्रो खेलमा फारवेस्टसँग पराजित हुनुपर्नेछ ।

Share Now

Leave a comment.