Prakash Adhikari January 9, 2023

काठमाडौं, २५ पौष । नेपालको शेयर बजार आज पनि उकालो लागेको छ।

आज धितोपत्र बजार परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको छ।

सोमबार २सय ५७ कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८ सय ५३ रुपैया ४३ पैसाको कारोबार भएको छ । यस दिन १ सय ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ वटाको मात्रै घटेको छ। ६ वटाको भने उही मूल्यमा कारोबार भएको छ।

आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटा उपसमूह मध्ये होटल र पर्यटन बाहेकका १२ उपसमूहका उपपरिसूचक बढेका छन् ।

 

Symbol Current Chng Chng %
1,412.67 29.22 2.11
3,948.09 123.34 3.22
1,925.28 59.78 3.20
3,401.36 -5.84 -0.17
2,602.78 122.61 4.94
71.14 1.75 2.52
11,244.81 182.45 1.65
5,550.79 5.17 0.09
5,002.79 8.78 0.18
14.71 0.26 1.81

 

आज १४ वटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ। आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, छ्याङ्दी हाइड्रो, जोशी हाइड्रो, युनियन हाइड्रो, सिंगटी हाइड्रो, खप्तड लघुवित्त, राँधी र बाराही हाइड्रो रहेका छन् ।

 

Share Now

Leave a comment.