Prakash Adhikari January 10, 2023

काठमाडौं, २६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई प्रतिनिधि सभामा रहेका सबै ठूला दलले विश्वासको मत दिएको दिन नेपालको शेयर बजार भने ओरालो लागेको छ ।

मंंगलबार धितोपत्र बजार परिसूचक २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो ।

मंगलबार २ सय ५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ६५ करोड,८८ लाख २३ हजार ५ सय ७९ रुपैया ८६ पैसाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ उपसमूहमध्ये बैंकिड. र म्युचुअल फण्ड बाहेक ११ वटा उपसमूहको उपपरिसूूचक घटेका छन्  ।

Symbol Current Chng Chng %
1,421.86 9.19 0.65
3,906.29 -41.80 -1.06
1,842.24 -83.05 -4.31
3,285.47 -115.89 -3.41
2,586.66 -16.12 -0.62
70.30 -0.85 -1.19
11,001.72 -243.09 -2.16
5,495.05 -55.74 -1.00
4,902.44 -100.35 -2.01
14.74 0.03 0.22
9,407.83 -278.32 -2.87
1,575.04 -40.06 -2.48
2,402.10 -71.80 -2.90

बजार घटेको यस दिन बराही हाइड्रो पावर,सिंगटी हाइड्रो पावर, विन नेपाल लघुवित्त,खानी खोला,बरुण हाइड्रो,सानिमा इक्विटी फण्ड,ग्र्रीन विकास बैंक, एसबीआई बैक,एनआईबी र लिवर्टी इनर्जीको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दाबढी भएको छ ।

 

यस दिन अधिक कारोबार हुने कम्पनीहरुमा ड.ादी,अपि,रिडी,एनआईसी एशिया,शिभम् अपर तामाकोशी, युनिभर्सल पावर कम्पनी,नेपाल दूरसञ्चार,हाइड्रोपावर डेभलपमेण्ट एण्ड इन्भेष्टमेण्ट कम्पनी र हिमालयन डिष्टिलरी रहेका छन्  ।

यस्तै, कुल १ सय ५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५३ वटा उकलो लागेका छन । ५वटा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तहमा रहेको छ ।

Share Now

Leave a comment.