Prakash Adhikari January 11, 2023

काठमाडौं, २७ पौष। नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि शुरु भएको छ ।

दुवै बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार शुरु भएको हो ।

मर्जर पश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ ।

एकीकृत कारोबारसँगै बैंकको २ सय ९६ वटा शाखा रहने छन् भने एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । बैंकले २ सय ७९ वटा एटीएम रहेको बैंकले ३० लाख ग्राहकलाई सेवा दिने जनाएको छ ।

दुबै बैंक एक आपसमा मर्जर भएर आजदेखि एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । राष्ट्र बैंकले पौष १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पौष २१ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएका हुन् ।

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मंसिर १३ गते एकापसमा गाभ्न गाभिनका लागि अन्तिम सम्झौता भएको थियो ।

इन्भेष्टमेन्ट र मेगा बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् ।

Share Now

Leave a comment.