काठमाडौं२७ पौष, । नेपाल टी–२० लिगको फाइनल खेलमा लुम्बिनी अल स्टार्सले टस जितेर ब्याटिङ गरिरहेको छ ।
लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेका हुन् ।
दुवै टिम चार–चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिँएका छन । दुवै टिमले निर्णायक खेलमा जनकपुर रोयल्सलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
आइतबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले जनकपुरलाई हराएको थियो भने मंगलबार भएको दोस्रो क्वालिफायरमा विराटनगरले पनि जनकपुरलाई नै पराजित गरेको हो ।
लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रुपमा क्वालिफायरमा स्थान बनाएको थियो ।
क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई हराएको थियो । समूह चरणमा यी दुई टोलीबीच भएको दुई भेटमा लुम्बिनीले जित निकालेको छ । पहिलो भेटमा लुम्बिनीले विराटनगरमाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा पनि लुम्बिनीले विराटनगरलाई १२ रनले पराजित गरेको हो ।
लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा छनोट भएको विराटनगरले मंगलबार जनकपुरलाई हराउदै लुम्बिनीसँगको भेट पक्का गरेको हो ।
विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेन टलट उत्कृष्ट लयमा रहेका छन । यता लुम्बिनीका श्रीलंकन लाहेरु मिलान्था पनि उत्कृष्ट लयमा रहेका छन् । उनले ३ सय ८ रन जोडेका छन । कप्तान दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको उपाधि लक्ष्यमा महत्वपूर्ण बन्न सक्छ ।
काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीको सहभागी प्रतियोगितामा थियो ।
विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।
लुम्बिनी अल स्टार्सको टिमः
दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन कुमार झा, सागर ढकाल, किशोर महतो, इशान पाण्डे, लाहिरु मिलन्था, स्याड्ली भान स्काल्विक, विपुल शर्मा, हर्मित सिंह
विराटनगर सुपर किंग्स टिमः
रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, सूर्य तामाङ, अमरसिंह रौटेला, पृथु बास्कोटा, विवेककुमार यादव, मोहम्मद हुसेन तलात, गौरान्शु शर्मा, राज ननन्, कियोन जोसेप


















