देउखुरी(दाड.), २८ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका पुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराउनुभएको हो ।
बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिनुभएको हो ।
मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नवनियुक्त मन्त्रीहरुलाई मन्त्रालय तोकिएको छैन । दलहरुबीच भागवण्डा मिलेपछि जिम्मेवारी दिइने बताइएको छ ।


















