
काठमाडौं, २९ पौष । काठमाडौंको चिसोमा भारतीय र नेपाली अभिनेत्रीहरुले होटल याक एण्ड यतिको हलमा र्याम्प वाक गरेर नेपालमा सुस्ताएको मनोरञ्जनको माहोललाई तताएका छन् ।
नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौँमा आयोजित ुफेशन रनवे एक्स्पोुमा भारतीय मलाइका नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा र्याममा उत्रेकी थिइन् । मलाइकालाई रनवेमा नेपाली अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासनासिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका थिए ।
रनवेमा नेपाली मोडलहरु रत्न र आभूषण जडित गहना लगाएर र्याम्प नापेका थिए । पहिरनको रंग र पहिरनको बनोटका हिसाबले र्याम्पमा मलाइका भन्दा नेपाली अनिनेत्री स्वस्तिमा बढी खुलेकी देखिन्थिन ।
कार्यक्रममा गायिका सुवानी मोक्तानले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
मलाइकाले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै निमन्त्रणका लागि धन्यवाद दिएकी छन्।
यसअघि पनि थुप्रैपटक नेपाल भ्रमणमा आएकी मलाइका यसपटक छोटो भ्रमणमा आएर एक्सपोमा सहभागी भएकी हुन्।
उनले यसपटक थोरै समय मात्र नेपालमा बिताउने जानकारी दिँदै नेपालमा बसेको समयलाई विशेष बनाउने बताएकी छन्।
नेपाल बसाइका क्रममा नेपाली गीत, संगीत र फिल्मबारे जानकारी लिने मलाइकाले बताएकी छन्।
फेसन शोमा सहभागि हुन विहिबार बिहान काठमाडौं आएकी मलाइका शुक्रबार बिहान भारत फर्कने तालिका छ ।
नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको एक्स्पो शुक्रबारदेखि तीन दिनसम्म संचालन हुँदैछ जहाँ दर्शकले निःशुल्क सहभागिता जनाउन सक्नेछन् ।