Prakash Adhikari January 14, 2023

काठमाडौं, ३० पौष । नेपाल वायुसेवा निगमले न्यारोबडी जहाजको किस्ता वापत कर्मचारी सञ्चय कोषलाई ३३ करोड बढी रकम भुक्तानी गरेको छ ।

निगमले आज जारी गरेको विज्ञप्तिमा निगमले यही पौष २९ गते दुई न्यारोबडी जहाज खरिद गर्दा कोषबाट लिएको कर्जाको साँँबा र ब्याज वापतको ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैया भुक्तानी गरेको जानकारी दिइएको छ ।

निगमले यस पहिले२०७९ आषाढ ३० गते १ अर्ब ३५ करोड र २०७९ कार्तिक १ गते ७३ करोड ९लाख ५५ हजार २ सय ८१ रुपैया भुक्तानी गरिसकेको छ ।

निगममा युवराज अधिकारीले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि निगमको आर्थिक,प्रशासनिक,प्राविधिक,बजार ब्यवस्थापन लगायत समग्र पक्षमा आमूल सुधार भएको छ ।

यीनै सुधारको कारण विगतका बर्षहरुमा कोरोना र अव्यवस्थाका कारण नियमित किस्ता तिर्न नसकेर कर्मचारीको तलब ख्वाउन पनि धौधौ परेको कारण थला पर्न आँटेको निगम अहिले आक्रामक रुपमा आन्तरिक र बाह्य गन्तव्य विस्ता गर्न सक्षम भएको छ ।

निगमले यही बिचमा अन्तर्राष्ट्रियतर्फ साउदी अरेबियाको रियाद र आन्तरिकतर्फ इलाममा नियमित उडान सुरु गरेको छ । भैरहवास्थित नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने तालिका तय गरेको छ ।

 

Image

 

Share Now

Leave a comment.