Prakash Adhikari January 24, 2023

 

काठमाडौं, १० माघ । जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा एक सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेको हो ।

पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।

मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ । पाण्डेलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ। ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि ८ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना झुक्यानमा पारी बोलाएर यौनदूराचार गरेको र अरूलाई समेत यौन शोषण गर्न लगाएको भन्दै सरकारी वकिलको कार्यालय काठमाडौंले मानव बेचबिखन र बाल यौन दूराचार मुद्दा लगाएको थियो ।

Share Now

Leave a comment.