काठमाडौं, १९ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपालको शेयर बजार घटेको छ । शेयर बजार २१०० बिन्दु छोडेर आरालो लागेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा रोकिएको छ ।
बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो ।
बिहीबार १९ कम्पनीको शेयर मूल्य अघिल्लो दिनको भन्दा उकालो लागेको छ भने १ सय ९४ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार २ सय ५७ कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता शेयरको किनबेचबाट २ अर्ब ९ करोड ६४ लाख १९ हजार १ सय ६१ रुपैया ८८ पैसाको कारोबार भएको छ ।
यस दिन १३ वटैै उपसमूहहरुका उपपरिसूचकहरु घटेका छन् ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,363.13 | -5.43 | -0.40 |
| Development Bank Index | 3,662.66 | -65.02 | -1.74 |
| Finance Index | 1,722.50 | -28.88 | -1.65 |
| Hotels And Tourism Index | 3,228.11 | -51.12 | -1.56 |
| HydroPower Index | 2,588.99 | -54.51 | -2.06 |
| Investment Index | 64.34 | -0.72 | -1.11 |
| Life Insurance | 10,661.69 | -236.16 | -2.17 |
| Manufacturing And Processing | 5,126.39 | -12.42 | -0.24 |
| Microfinance Index | 4,583.72 | -42.18 | -0.91 |
| Mutual Fund | 14.44 | -0.01 | -0.05 |
| Non Life Insurance | 9,065.74 | -133.14 | -1.45 |
शेयर बजार ओरालो लागेर राताम्मे भएको दिन पनि आदर्श लघुवित्त, सानिमा इक्विटी फण्ड,मल्टिपर्पोज फाइनान्स, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १,नबिल ब्यालेन्स फण्ड ३, इमरजिड. नेपाल,नेपाल बैंक डिबेञ्चर ८२, उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई डिबेञ्चर ८६।८७ र सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बढेको छ ।
Top Gainers
यस दिन शेयर मूल्य अधिक घटेका कम्पनीहरुमा सपोर्ट माइक्रो फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, रिडी पावर, आइएमई जनरल इन्स्योरेन्स, नाडेप, इस्टर्न हाइड्रोपावर,गुराँस लघुवित्त संस्था, राप्ती हाइड्रो एण्ड जनरल इन्स्योरेन्स र युनियन लाईफ इन्स्योरेन्स रहेका छन्
Top Losers
शेयर बजार ओरालो लागेको यस दिन स्टाण्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंक, आईएमई जनरल इन्स्योरेन्स, अपि पावर, चिलिमे हाइड्रो, हिमालयन डिष्टिलरी, नेशनल हाइड्रो,रिडी पावर, नबिल बैंक र शिभम् सिमेण्टस् रहेका छन्।


















