काठमाडौं, २२ माघ। नेपाली कांग्रेसका नेताहरुले दिवंगत प्रथम गभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा तथा नेताहरु सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतले जबराको थापाथली हाइटस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
स्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित जबरा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।


















