Prakash Adhikari February 7, 2023

काठमाडौं, २४ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै वृद्धि गरेको छ।

नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १ सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु १ सय ७५ कायम गरिएको छ।

वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागू भैसकेको छ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९ ।१० ।२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ।’

भारतबाट फेब्रअरी महिनाको मूल्य बृद्धि भएर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

निगमले नेपाल सरकारको जमानीमा विभिन्न बाणिज्य बैंक तथा वित्तीय संस्थाबाट विभिन्न समयमा लिएको कर्जा र इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम १६ अब ३० करोड पुगेको पनि जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

Share Now

Leave a comment.