Prakash Adhikari February 7, 2023

काठमाडौं,२४ माघ । मगलबार नेपालको शेयर बजार उच्च दरमा बढेको छ। यस दिन धितोपत्र बजार ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको छ।

यस दिन २ सय ६० कम्पनीको ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता शेयर खरिदबिक्री गर्दा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ।

यस नेपाल स्टक एक्सचेञ्जका १३ वटै उपसमूहका उपपरिसूचकहरु बढेका छन् ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

Symbol Current Chng Chng %
1,402.05 31.71 2.31
3,859.59 186.02 5.06
1,864.51 104.47 5.94
3,358.46 97.55 2.99
2,738.68 138.67 5.33
68.84 4.05 6.25
10,993.06 467.26 4.44
5,406.78 175.50 3.35
4,722.18 146.88 3.21
14.71 0.32 2.24
9,418.10 395.26 4.38
1,538.85 44.01 2.94
2,308.42 91.28 4.12

मंगलबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। यस दिन वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी, आदर्श लघुवित्त र रिडी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन ग्रीन भेन्चर्स, ङादी ग्रुप, किसान लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन आईसीएफसी डिबेञ्चर,एभरेष्ट बैंक डिबेञ्चर, एनआईबीएल प्रगति फण्ड,एसबीआई डिबेञ्चर ८३,लक्ष्मी बैंक डिबेञ्चर, ग्लोबल आईएमई स्किम,नबिल ब्यालेन्स फण्ड २,आरबीबी मर्चेन्ट फण्ड १ को शेयर मूल्य अघिल्लो कारोबार दिनभन्दा घटेको छ ।

 

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै अधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन डिष्टिलरी, नेपाल लाईफ इन्स्योरेन्स,शिभम् सिमेण्टस्, युनिभर्सल पावर कम्पनी,अपर तामाकोशी, हिमाल दोलखा हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड रहेका छन् ।

 

 

 

Share Now

Leave a comment.