Prakash Adhikari February 8, 2023

 

देउखुरी(दाङ), २५ माघ । लुुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी हुनुभएको छ ।

बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी हुनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७ सय २० मतभार प्राप्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए ।

Share Now

Leave a comment.