Prakash Adhikari February 9, 2023

 

ढाका(बंगलादेश), २६ माघ । बगंलादेशमा भएको पराजित हुँदै नेपाल साफ यू २० महिला च्याम्पियनसिपको उपाधि आयोजक राष्ट्र बंगलादेशले जितेको छ।

ढाकास्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा बंगलादेशले नेपाललाई ३–० ले पराजित गरेर तेस्रो पटक उपाधि हासिल गरेको हो।

आज भएको फाइनल खेलमा नेपाल पहिलो हाफमा २–० ले पछि परेको थियो । उपाधि जित्ने प्रयासमा रहेको नेपालले दोस्रो हाफमा थप १ गोल खान पुग्यो। र नतिजा आयोजक राष्ट्र बंगलादेशलाई सुम्पिन पुग्यो ।

नेपालले साविक उपविजेता भारतलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो।

नेपाललाई पराजित गरेसँगै बंगलादेशले तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।

साफ यू २० महिला च्याम्पिनयसिपमा नेपाल पराजित भएसँगै सन् २०१८ कै इतिहास दोहोरिएको छ। सन् २०१८ मा साफ यू १८ को नाममा भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेशसँग १–० गोल अन्तरले पराजित हुँदै उपविजेतामै सिमित बनेको थियो। बंगलादेश सन् २०१८ र २०२१ च्याम्पियनसिपको उपाधि जितेको थियो।

 

Share Now

Leave a comment.