Prakash Adhikari February 10, 2023

काठमाडौं, २७ माघ । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनुभएको छ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उहाँ घाइते हुनुभएको हो। संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहनु भएका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

उहाँको टाउँकोमा चोट लागेको छ। सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकले प्रर्दशन गरिरहेका छन्। ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो।

घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकले प्रहरीको विरोधमा प्रदर्शन गरिरहेका छन्।

Share Now

Leave a comment.