काठमाडौं, २९ माघ। गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्ध गर्नुभएको छ भने कुशल सिंहले गीतमा संगीत संयोजन गर्नुभएको छ।
युवायुवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ ।
यो गीति भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गर्नुभएको छ । म्युजिक भिडियोमा मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई फिचर्ड हुनुहुन्छ । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा बुद्ध थापाको छायांकन छ ।
मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ुअन्तै मबाटु बोलको म्युजिक भिडियोहरु दर्शक र स्रोतामाझ ल्याइसक्नुभएको छ।
साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।


















