Prakash Adhikari March 30, 2018

नयाँदिल्ली(भारत), १६ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

कां‌ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुुसार शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको हो ।

निमोनिया र मिर्गौलामा गम्भीर समस्या आएपछि दिल्लीको एपोलो अस्पतालमा खड्काको उपचार भइरहेको थियो ।

एपोलो अस्पतालले खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि नेता खड्कालाई गत फागुन ४ गते शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  काठमाडौंमा स्वास्थ्यस्थिति गम्भीर भएपछि नेता खडकालाई थप उपचारको लागि भारत लगिएको थियो ।

उनको एपोलो अस्पतालमा भेन्टिेलटरमा राखेर उपचार भइरहेको अवस्थामा  निधन भएको हो ।

करिब दुई वर्षअघि नेता खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी कांग्रेसको काठमाडौँमा भएको १३ औँ महाधिवेशनमा सम्मानजनक मतसहित केन्द्रीय सदस्यमा पनि विजयी भएका थिए ।

Share Now

Leave a comment.