काठमाडौं, १ फागुन । दुई दिवसीय नेपाल भ्रमणका लागि भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नुहुने छ । सोमबार र मंगलबार उहाँले प्रधानमन्त्री देखी राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।
सोमबार बिहान १०ः ३० मा काठमाडौं उत्रने भारतीय बिदेश सचिव क्ववात्रा नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनुहुने छ । सो छलफल पछि पराराष्ट्र सचिव पौडेलले उहाँको सम्मानमा आयोजना गर्ने दिवा भोजमा कार्यक्रममा उहाँ सरिक हुनुहुने छ । पराराष्ट सचिवको दिवाभोज पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षीय भेटघाट गर्नुहुने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ । सोमवार नै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यक्रम तय भएको छ । विदेश सचिव क्वात्रा त्यसका लागि बालकोट जानुहुने छ ।
विदेश सचिव क्वात्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेट्नु हुने छ । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरे पछि उहाँ स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।


















