काठमाडौं, ३ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ । पत्नी ओनसरी घर्तिमगरसहित उहाँ फलोअपका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको हो ।
चाइना साउर्थन एयरबाट चीन जानुभएका पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार हुने बताइएको छ ।
स्वास्थ्यकर्मीको परामर्शपछि उहाँ उपचारका लागि चीन जानुभएको हो ।
केही दिनअघि रोल्पाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पुनको स्वास्थ्यमा समस्या आएको थियो। लगत्तै उहाँलाई हेलिकोिप्टरबाट काठमाडौं ल्याइएको थियो ।
जण्डिसको उपचार नेपालमा आयुर्वेदिय र एलोपेथिक दुवै पद्धतिबाट हुने गरेको छ तर बर्षामानको जण्डिस भने अजिव छ, उहाँलाई चीन नै जानु पर्दछ । मंसिर ४ को निर्वाचन पूर्वपनि उहाँ चीनमा हुनुुहुन्थ्यो । पत्नी ओनसरी घर्तीलाई नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट काठमाडौं २ बाट उम्मेद्वार बनाउनुभएका पुन आफूभने कांग्रेसविरुद्ध बामपन्थी गठबन्धन बनाउन भित्रभित्रै सक्रिय हुनुहुन्थ्यो । उहाँलाई अहिलेको गठबन्धनको सूत्राधार भनिन्छ ।
नेपालको लोकतन्त्रलाई सबल बनाउन आर्थिक र सामाजिक क्षेत्रमा भारत र अमेरिका लगायत पश्चिमा मुलुकहरु अग्रसर भैरहेको बेलामा नेपालको राजनीतिमा चिनिया हस्तक्षेप निम्त्याउन पुनःले अस्पतालको बेडबाट भूमिका खेल्दै आउनुभएको आरोप उहाँमाथि पार्टीभित्रैबाट आउने गरेको छ ।


















