Prakash Adhikari February 15, 2023

 

काठमाडौं, ३ फागुन । नेपालको शेयर बजारको ओरालो यात्रा थामिएको छैन । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि ओरालो लागेको धितोपत्र बजार परिसूचक बुधबार १३.९० अंक घटेर २०९१.५६ विन्दुमा झरेको छ।

यस दिन २ सय ५६ कम्पनी ४८ लाख १५ हजार १ सय २० कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रुपैयाँ ७९ पैसाको कारोबार भएको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा वर्गीकृत कम्पनीका१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९० प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२४ प्रतिशत घटेको छ। त्यस्तै, अन्य र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन्।

Symbol Current Chng Chng %
1,360.66 -6.86 -0.50
3,694.61 -20.05 -0.54
1,733.95 -16.22 -0.93
3,162.50 -40.81 -1.27
2,579.25 -24.50 -0.94
65.67 -0.49 -0.75
10,457.53 -116.39 -1.10
5,243.70 48.53 0.93
4,540.71 -30.47 -0.67
14.32 -0.10 -0.68
9,083.67 -72.11 -0.79
1,488.23 -15.02 -1.00
2,256.19 -9.83 -0.43

यस दिन युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली पावरको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंकको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

 

Share Now

Leave a comment.