Prakash Adhikari February 16, 2023

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर पड्केर घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा।निजिमा ताम्राकारले बताउनुभयो ।

बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते हुनुभएको थियो ।

उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

Share Now

Leave a comment.