काठमाडौं, ५ फागुन । नेपाली सेनाको विशेष फोर्सका कमाण्डर भइसकेका एकजना सैनिक कर्णेलको फूली खोसिएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले ती कर्णेललाई हाल लगाएको फूली खोसेर एक तह घटुवा गर्ने निर्णय गर्नुभएको छ।
नेपाली सेनाका अनुसार, यसरी फूली खोसिने सैनिक अधिकृत लेफ्टिनेण्ट कर्णेल (प्रमुख सेनानी) हरि बोहोरा हुनुहुन्छ। उहाँ वि सं २०७४(२०७५ मा नेपाली सेनाको विशेष फौज मानिने भैरवनाथ गणका गणपतिसमेत हुनुहुन्थ्यो।
छानविनमा रहनुभएका जर्नेलले पोलेपछि बोहोराको फूली खोसिएको हो। बोहोरा लेफ्निेण्ट कर्णेलबाट घटुवा भई मेजर(सेनानी) मात्र हुनुभएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बोहोरामाथि कोर्ट मार्शल गर्दै एक तह घटुवा गरिएको जानकारी दिनुभएको छ। ‘उहाँमाथि कोर्ट मार्शल गर्दै कारवाही गरिएको हो,’ सहायक रथी भण्डारीले भन्नुभयो, ‘उहाँको एक तह घटुवा गरिएको हो।’
बोहोरा माथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए।
उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिनुभएको थियो। उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उनलाई एक तह घटुवा गरिएको हो।
बोहोरा माथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए।उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापति हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिनुभएको थियो। उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उहाँलाई एक तह घटुवा गरिएको हो।
उहाँमाथि भैरवनाथ गणको गणपति हुँदा सैनिक मुख्यालयले दिएको रकम दुरुपयोग गरेको आरोप लागेको छ। हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल शाहीले आफ्नो कार्यकालको हिसाव किताव देखाउने क्रममा कर्णेल बोहोरालाई पोल्नुभएको थियो।
शाही सो समयमा नेपाली सेनाको शक्तिशाली मानिने बजेट विनियोजनको मुख्य जिम्मेवारीमा हुनुहुन्थ्यो।
उहाँमाथि छानविनका क्रममा अपुग रकमबारे गरिएको खोजतलासका क्रममा शाहीले कर्णेल बोहोरालाई सो रकम दिएको बताउनुभएको थियो। हिनामिनाको रकम झण्डै २० करोड बराबर रहेका सैनिक स्रोतको भनाइ छ।
सो रकम विशेष फौज मानिने भैरबनाथ गणका लागि पठाइएको थियो।
बोहोरा पूर्व सेनापति राजेन्द्र क्षेत्रीका निकट मानिनुहुन्छ ।(स्रोतः डिसि नेपाल)


















