मुम्बई(भारत), ५ फागुन । कांग्रेस नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ।
भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो । पहिलो अप्रेसन सफल भएको दाबी गर्दै चिकित्सकहरूले दोस्रो अप्रेसनबारे छलफल गरिरहेका छन्।
बुधवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुुभएका भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो।
कांग्रेस नेता योगराज कँडेलका अनुसार नेशनल बर्न्स सेन्टरका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको रहेको छ ।


















