कीर्तिपुर(काठमाडौं), ८ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तरगताको १२५ औं खेलमा अन्तर्गत नेपालमा जारी खेलमा नामिबियाको ४ विकेट पतन भएको छ । उसले २५ औं ओभरको अन्त्यमा ३ विकेटको क्षतिमा १ सय १४ रन जोडेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिड. गरेको स्कटल्याण्डले नामिबियासामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २ सय २१ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइट ४७ रन , थोमक म्याकिनटोसले ३४, कप्तान रिची बेरिङटोनले ३२ रन, माइकल लिस्क २९, लियाम नोयर २०, म्याथु क्रस १६ र क्रिस ग्रिभ्स १४ रन बनाएका थिए। ओपनर कार्ल कोट्जर शून्य रनमा बाहिरिए।
स्कटल्याण्डलाई रोक्ने क्रममा नामिबियाका रुबेनले सर्वाधिक ५ विकेट झारे। तानगेनी लुंगामेनीले २ तथा बेर्नाड, बेन र पिक्की या फ्रान्सले समान एक विकेट लिए।
नेपालमा जारी सिरिजको अन्तिम खेल खेलिरहेको नामिबिया पहिलो जितको खोजीमा छ।
यसअघिको तिनै खेलमा पराजित नामिबिया स्कटल्यान्डलाई हराउँदै नेपाल सिरिजको सुखद अन्त्य गर्न चाहन्छ।
यसअघि नै लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्ड भने नामिबियालाई हराउँदै नेपाल भ्रमणमा दोस्रो जित निकाल्न चाहन्छ।


















