Prakash Adhikari February 24, 2023

दुबाई(युएई), १२ फागुन । आईसीसी पुरुष यु १९ विश्वकप क्रिकेट प्रतियोगिता एशिया क्वालिफायर अन्तरगत युएईमा भैरहेको खेलमा नेपाल शानदार विजयी सुरुआत गरेको छ ।

युुएइको इडेन गार्डेनमा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रतिस्पर्धी सिंगापुरलाई ९६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

खेलमा टस जितेर ब्याटिड. गरेको नेपालले दिएको २ सय ६२ रनको लक्ष्य सिंगापुरले हासिल गर्न सकेन । उसले ५० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ६५ रनमात्र बनाउन सक्यो ।

सिगापुरका लागि आर्यन मोदीले ५८, सिद्धान्त श्रीकान्तले ४४,अर्जुन रामपाल र अभ्युदय छाजेरले १४।१४, प्रणवनिधि महेश्वरीले ७, जीवन सान्थरामले ४, महियु भाटियाले ३, प्राथम सोमानी र आर्याभिर चौधरीले २ । २ रनको योगदान दिए ।

सिंगापुरलाई रोक्ने क्रममा नेपालका हेमन्त धामी र सुवास भण्डारीले २।२ र विशाल विक्रम के.सी.ले १ विकेट लिए ।

त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।

नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाउँदै राम्रो सुरुवात दिलाउदै आउट भएका थिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने यी दुई खेलाडीले नेपालको लागि अर्धशतक प्रहार गरेका थिए । खेलमा अर्जुन कुमालले ३७, देव खनालले २१, दिपक बोहोराले १७, सुवास भण्डारीले १२,दीपकप्रकाश डुम्रेले १०, दीपक बोहोराले ५ र मिलन बोहोराले ४ रनको योगदान दिएका थिए ।

नेपाललाई रोक्ने क्रममा सिंगापुरका आर्यविर चौधरी र अभ्युदय छाजेरले २ । २ लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए

आईसीसी पुरुष यु १९ विश्वकप क्रिकेट प्रतियोगिता एशिया क्वालिफायरमा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

Share Now

Leave a comment.