Prakash Adhikari February 26, 2023

काठमाडौं, १४ फागुन। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर स्वदेश फर्किनुभएको छ ।

उपप्रधान एवम् अर्थमन्त्री पौडेल शनिबार राति स्वदेश फर्किनुभएको हो ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नुभएको थियो ।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भारतको आईटी शहर बंगलुरुमा भएको थियो ।

सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत प्रस्थान गर्नुभएको थियो ।
नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेशिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका समाविष्ट छन् ।

Share Now

Leave a comment.