दुबई (युएई), १६ फागुन । नेपालले आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः४५ मा आजमानमा रहेको मलेक क्रिकेट ग्राउन्ड २ मा सुरुहुनेछ।
नेपाल लगातार चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्नेछ। नेपाल ३ खेलमा ६ अंकका साथ नेट रनरेटमा दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ।
नेपाल र युएई प्रमुख दावेदार टोली हुन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन र हङकङलाई ९ विकेटले हराएको थियो ।
यता मलेसियाले कुवेतलाई ५ विकेटले हराएको थियो । सिंगापुरसँग मलेसियाले सुपर ओभरमा पराजित हुन पुगेको थियो ।
नेपालले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालले निर्णायक मानिएको युएईसँगको खेल बिहीबार खेल्नेछ । आज अन्य यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईले कुवेत तथा हङकङले सिंगापुरसँग खेल्नेछन् ।
नेपाली यू–१९ टोलीः
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर ९विकेटकिपर० दीपक डुम्रे ९विकेटकिपर०, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।


















