Prakash Adhikari February 28, 2023

 

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपालका डिजिटल अभिलेख सुरक्षित नरहेको र सेनाको गोप्य डेटा टर्कीबाट समेत हेरिएको सूचना आफूलाई आएको दाबी गर्नुभएको छ।

नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताउनुभयो ।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउदै उहाँले अन्यथा नेपालको सुरक्षासहित सबैखाले तथ्यांकहरू चोरी हुने जोखिम रहेको बताउनुभयो ।

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साहेबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ सांसद देउवाले दावी गर्दै भन्नुभयो, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरिटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जरुरी छ ।’

उनका अनुसार सरकारको वेभसाइट पनि भर्खरै ह्याक भएको जनाउँदै केन्द्रिय सदस्य राणाले साइबर सुरक्षाका लागि सरकारले गम्भिर भएर लाग्नु पर्नेमा जोड गरेकी छिन् ।

नेपाली सेनाको डेटा टर्कीमा उपलब्ध हुनु गम्भिर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाई छ । सरकारले यसवारेमा गम्भिर लिएन भने सरकारी गोप्य सुचनाहरु अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सर्तक रहन उनले जोड गरिन्

Share Now

Leave a comment.