Prakash Adhikari March 2, 2023

दुबाई(संयुक्त अरब इमिरेट्स), १९ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ः ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाल आइसिससी विश्वकप लिग(२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । अघिल्लो साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो । युएईमा पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो । उच्च मनोबल र प्रदर्शन गर्दै आएको नेपालले पाँच खेलनै लक्ष्य पछ्याउँदा जितेको थियो । आजको खेलमा टसले पनि धेरै प्रभाव पार्नेछ ।

नेपाली टोलीको असली परिक्षा पनि आज हुनेछ । युएईलाई उसै मैदानमा हराउन सहज हुनेछैन । पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको युएई नेपालसँग पराजित हुँदा ओडिआई मान्यता जोखिममा पर्नेछ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ४ खेल जित्न आवश्यक छ ।

नेपालले ब्याटिङमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ । कप्तान रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । ब्याटिङ लाइनअपमा नेपालको परिवर्तनको कुनै सम्भावना देखिदैन ।

ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । तेस्रो नम्बरमा ज्ञानेन्द्र र चौथोमा रोहित हुनेछन् । त्यसपछि परिस्थीति अनुसार नेपालले ब्याटिङ गराउनेछ । नेपालको ब्याटिङमा गहिराई छ । पहिलो खेलको टोली हेर्दा सबै खेलाडी राम्रो ब्याटिङ गर्दछन् । टोलीले खराब प्रदर्शन गर्दा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई अघि खेलाउन सक्छ।

राम्रो अवस्थामा विष्फोटक अन्त्यको लागि कुशल मल्ललाई अघि खेलाउन सक्छ । पछिल्ला खेलमा कुशल मल्लले पाँचौं नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पाँचौं, छैटौं र सातौं कुशल, दीपेन्द्र र आरिफ रहनेछन् । त्यसपछि करण केसी, सोमपाल कामी र गुलशान झा हुनेछन् । नेपालले पहिलो खेलमा चार तीव्र गतिका बलर खेलाएको थियो । गुलशन झा र प्रतिश जि।सी मध्य एकलाई नेपालले आज बेन्चमा राख्ने सम्भावना छ ।

गुलशनले पपुवा न्युगिनीविरुद्ध ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । प्रतिशले डेब्यू खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । प्रतिशलाई बाहिर राख्दै स्पिनर सन्दीप लामिछानेलाई खेलाउने सम्भावना छ ।

युएईको ब्याटिङ शीर्षक्रमका ब्याटरमा बढी निर्भर छ । ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दको विकेट लिन सके नेपाल खेलमा पुरै हाबी हुनसक्छ । वृत्य र वासिम क्रिजमा टिकेको खण्डमा भने नेपाललाई भारी पर्न सक्छ ।

नेपालविरुद्ध राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ भने नेपालको भन्दा तुलनात्मक रुपमा धेरै कमजोर देखिन्छ । युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद्ध सिद्दिकबाट भने नेपाल सचेत हुनुपर्छ । स्पिनरमा रोहन मुस्तफा र कार्तिम मयाप्पन हुनेछन् ।

हेड टु हेडः

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । लिग २ का दुवै खेलमा नेपाल पराजित भएको छ ।

नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २(१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २(१ ले जितेको थियो ।

नेपालको टोली

रोहित पौडेल (कप्तान)ः दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सीं(हाम्रो खेलकुदबाट)

 

Share Now

Leave a comment.