Prakash Adhikari March 3, 2023

काठमाडौं, १९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ।

नेपालले पपुवान्युगिनीविरुद्ध तीन विकेटको जित निकालेको हो। नेपालको जितका लागि आसिफ शेखको अर्धशतकीय योगदान रहयो। उनले १ सय ३० बल खेल्दै ८६ रन बनाए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १ सय ८० रनको चुनौती दिएको थियो। १२ बल बाँकी हुँदा नेपाल ३ विकेटले विजयी भएको हो।

शुक्रबारको खेलमा सन्दीप लामिछाने र आसिफले कीर्तिमानी साझेदारी गरे । अविजित नरहँदै सन्दीपले ५० बलमा ३५ रन बनाए । अबिजित आसिफ र सन्दीपले १ सय २१ रनको साझेदारी गर्नुभएको हो । यो खेलमा आसिफ म्यान अफ दि म्याच बने ।

प्रारम्भिक ब्याट्सम्यान दोहोरो रन नजोड्दै आउट भएपछि नेपालको ब्याटिङ सुरुमै धरमराएको थियो। नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो बलमा गुमाएको थियो भने ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भएका थिए।

नेपालका अलराउन्डर कुशल मल्ल २३ रनमा आउट हुनुभयो। भिम सार्की र दीपेन्द्रसिंह ऐरीले ८ । ८ रन बनाए। खेलमा कप्तान रोहित पौडेल र आरिफ शेखले एक–एक रन मात्र जोडे ।

नेपाललाई रोक्ने क्रममा पपुवा न्युगिनीका कप्तान असाद भालाले तीन विकेट लिए भने सेमो कमिया र सेसे बाउले समान २ । २ विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाएका थिए। त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाए। गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन जोडे। सेसे बाउ र कप्तान असद भालाले समान ११ । ११ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुईरदुई विकेट लिनुभयो भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक । एक विकेट हात पार्नुभयो।

जितसँगै ३१ खेलबाट ३० अंक बनाएको नेपाल छैटौं स्थानमा छ । समान ३१ खेल खेलेको पपुवान्युगिनी ७ अङ्कसहित तालिकाको अन्तिममा छ । नेपालले अन्तिम खेल फागुन २२ गते युएईसँग खेल्नेछ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने ३ टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

Share Now

Leave a comment.