काठमाडौं, २४ फागुन। नेपालको नागरिक उडानको इतिहासमा पहिलो पटक क्याबिन क्रुसहित सबै उडान कर्मचारी महिला राखेर अन्तर्राष्ट्रिय उडान सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईबाट काठमाडौं उडेको आफनो बिमानमा सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेको हो ।
— Nepal Airlines🇳🇵 (@NepalAirlinesRA) March 8, 2023
यूएईबाट काठमाडौंका लागि आज बिहान उडेको नेपाल एयरलाइन्सको एयर बस ३२०-२३३ जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको थियो ।
सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
नाइन एन एकेएक्स संकेत चिन्हको लुम्बिनी नामक एअरबस ३२०-२३३ सेरिजको जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गर्नुभएको थियो भने को–पाइलटमा श्रृजना राउत हुनुहुन्थ्यो । विमानमा एयर होस्टेसहरु बासना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापतिले सेवा दिनुभएको थियो।

क्याप्टेन गिरी र पाइलट राउतले यसअघि काठमाडौं दुबईको उडान कुशलतापूर्वक गरेर महिला क्याबिन क्रुले अन्तर्राष्ट्रिय उडान भरेको रेकर्ड कायम गर्नुभएको थियो । तर सो उडानका केही क्रु मेम्बर पुरुष पनि थिए । सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो ।


















