सिउल(दक्षिण कोरिया), १८ चैत्र(बीबीसी) । संयुक्त राज्य अमेरिका तथा दक्षिण कोरियाले बर्सेनि आयोजना गरिने आफ्नो संयुक्त सैन्य अभ्यास सुरू गरेका छन्।
दुवै देशले उत्तर कोरियासँग वार्ता गर्ने तयारी गरिरहेका हुँदा अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको सैन्य अभ्यासको स्तर घटाइएको छ।
यस पटकको सैन्य अभ्यासको अवधि कैयौँ हप्ताले छोटो रहेको छ र परमाणु पनडुब्बीहरू जस्ता थोरै रणनीतिक हतियारहरू अभ्यासमा समावेश गरिएका छन्।
प्रतिक्रिया
विगतका यस्ता अभ्यासले उत्तर कोरियाबाट आक्रोशपूर्ण प्रतिक्रिया आउँथ्यो।
तर बीबीसीका एकजना संवाददाता भन्छन्- यस पटक प्योङयाङ तुलनात्मक रूपमा शान्त देखिएको छ।
उत्तर कोरियाको भ्रमणमा रहेका दक्षिण कोरियाली अधिकारीहरूलाई त्यहाँका नेता किम जङ(अनले ती अभ्यासहरू गरिनुपर्ने भनेर आफूले बुझेको बताएको विवरणमा जनाइएका छन्।




















