काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको हो। उहाँले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएको छ ।
विज्ञप्तिमा यादवले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उहाँलाई मतदान गर्न सबैलाई अपिल पनि गर्नुभएको छ । यादवले आफ्नो उम्मेदवारी प्राविधिक रुपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको स्पष्ट पार्नुभएको छ ।
उहाँले उम्मेदवारी फिर्ता लिएसंग अब उपराष्ट्रपतिको उम्मेदवारमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट रामसहाय यादव र जनमत पार्टीका ममता झा र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य(बोहोरा) मैदानमा रहनुभएको छ ।



















