Prakash Adhikari March 14, 2023

 

काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ ।

पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार उहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।

उहाँ फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सोमवार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ख्वाउनुभएकोे गराउनुभएको हो ।

Share Now

Leave a comment.