काठमाडौं, ३० फागुन । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजी बजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अङ्कले बढेर १९५३. ६ अङ्कमा कायम भएको छ ।
आज २ सय ५५ कम्पनीको ३३ लाख १८ हजार १ सय ८ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ ।
आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार उपसमूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ३.९५, उत्पादन तथा व्यापार समूह २३.३८, लघुवित्त समूह १४.४५, म्युचुअल फन्ड ०.३ र व्यापार समूह ५०.३७ अङ्कले घटेको नेप्सेले जनाएको छ ।
आज जीवन बीमा समूहको उपसूचक ४६.६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२.८८ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १९.९५, जलविद्युत् समूह १८.९५, लगानी समूह ०.४४, जीवन बीमा समूह ६.८८ र अन्य समूह ६.२१ अङ्कले बढेको छ ।
आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता पाँच दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू। १० करोड ४८ लाख २४ हजार एक सय २५ बराबरको एक लाख ३६ हजार सात सय ३३ कित्ता शेयर किनबेच भएको छ ।


















