काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ८ बजे बस्ने गरी बोलाइएको छ ।
बैठकमा मुख्यगरी उप–राष्ट्रपतिको चुनावबारे छलफल हुने बताइएको छ ।
चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार उठ्नुभएको छ ।
जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।
गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ ।
कांग्रेसको बैठकमा भोलि सरकार पुनर्गठन र मन्त्रीको विषयमा पनि छलफल हुने बताइएको छ ।


















