बेइजिङ(चीन),१९ चैत्र (एजेन्सी) । आफ्ना मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष प्रशान्त महासागरमा खसेको छ ।
‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो । वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ ।
केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन् ।
यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए । तर चीनले दावी गर्दै आएझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ ।