Prakash Adhikari March 26, 2023

 

काठमाडौं, १२ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने हुनुभएको छ।

बिहान साढे ९ बजे सेनाको हेलिकोप्टरबाट राष्ट्रपति पौडेल गोरखा जाने कार्यक्रम रहेको शितलनिवास स्रोतले जनाएको छ। गोरखामा राष्ट्रपति पौडेलले गोरखकाली मन्दिरमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो जिल्ला भ्रमण हो। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले यसअघि काठमाडौंमा पशुपतिनाथलगायत मन्दिरको दर्शन गरिसक्नुभएको छ।

 

Share Now

Leave a comment.