काठमाडौं, १२ चैत्र । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयर धनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
गत शुक्रबार भद्रकालीस्थित आर्मी क्लबमा सम्पन्न कर्पोरेशनको साधारण सभाले गत बर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शुक्रवार साँझ बसेको ५६ औँ वार्षिक साधारण सभाले ७ जना सञ्चालक समितिका सदस्यहरुको चयन समेत गरेको छ ।
सञ्चालक समितिका सदस्य चयन हुने भाग्यमानी शेयरधनीहरुमा प्रदीपलाल श्रेष्ठ, नारायणदास मानन्धर, राजेन्द्रमान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, शंकप्रसाद श्रेष्ठ रहनुभएको छ ।
यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सलाइ पुनः नियुक्ति गरेको छ ।


















