ब्रासिलिया(ब्राजिल), २२ चैत्र (बीबीसी)। ब्रजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज् इनासियो लुला दा सिल्भाले भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजाय सुरु गर्नु पर्ने फैसला सुनाएको छ।
ाघण्टौंसम्म चलेको कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए।
लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनु पर्ने दलिल पेस गरेका थिए।
तर अदालतको पछिल्लो फैसला आगामी अक्टोबर महिनामा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्रजिलका वामपन्थी नेतालाई ठूलो धक्का दिएको छ।
पक्ष-विपक्ष
यो मुद्दाले ब्रजिलको राजनीतिलाई निकै तताएको छ।
मुद्दा चल्दै गर्दा लुलाको पक्ष र विपक्षमा प्रदर्शनहरू भएका थिए।
७२ वर्षीय लुलाको दाबी छ उनीविरुद्धको मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित छ र त्यो उनलाई चुनावमा भाग लिन नदिनका लागि ल्याइएको हो।
लुलाको वर्कर्स पार्टीले उनीविरुद्धको अदालती निर्णय ूप्रजातन्त्र र ब्रजिलको लागि दुस्खदू भएको बताएको छ।
उनले घुस लिएको अभियोगमा १२ वर्षको कैद सजाय भोग्ने भनिएको छ।




















