Prakash Adhikari April 1, 2023

 

काठमाडौं, १८ चैत्र ।राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ। पेटमा समस्या भएपछि उहाँलाई शनिबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।

राष्ट्रपति पौडेलको अहिले अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सक डा. निरज बमका अनुसार अहिले अवस्था सामान्य छ।

पेटमा समस्या देखिएपछि उहाँलाई शनिबार दिउँसो ४ बजे अस्पताल पुर्‍याइएको थियो। ‘छाति र पेटमा समस्या देखिएको छ। निगरानीमा राखिएको छ,’ डा. बमले भन्नुभयो।

Share Now

Leave a comment.