Prakash Adhikari April 4, 2023

 

काठमाडौं, २० चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको यौनदूराचार मुद्दामा बुधबारलाई पेशी तोकिएको छ।

जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि बुधबारलाई पेशी तोकिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताउनुभएकोे छ।

यसअघि गत सोमबार पनि यो मुद्दा पेशी चढेको थियो। तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीशकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत सोमबार पेसी तोकिएको थियो।

घिमिरेको एकल इजलासले नै गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर, उहाँको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए। उनले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ का ३ वटा त्रिदेशीय श्रृखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा दायर भएको अन्तिम फैसला हुन लागेको हो।

Share Now

Leave a comment.