काठमाडौं, २८ चैत्र । साल्ट ट्रेडिड. कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन हुनुभएको छ ।
यही चैत्र २६ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष श्रेष्ठ विगत ८ बर्षदेखि संस्थाको सञ्चालक रहदै आउनुभएको अनुभवी व्यक्तित्व हुनुहुन्छ । २०७१ सालदेखि कर्पोरेशनको सञ्चालक रहदै आउनुभएका श्रेष्ठले मोरड. सुगर मिलको सञ्चालक समितिको अध्यक्षको रुपमा पनि योगदान गर्दै आउनुभएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको यही चैत्र १० गते काठमाडौंमा सम्पन्न ५६ औँ वार्षिक साधारण सभाले ७ जना सञ्चालक समितिका सदस्यहरुको चयन गरेको थियो ।
साधारण सभाले शेयरधनीहरुमध्येबाट प्रदीपलाल श्रेष्ठ, नारायणदास मानन्धर, राजेन्द्रमान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, शंकप्रसाद श्रेष्ठलाई सञ्चालक चयन गरेको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयर धनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
भद्रकालीस्थित आर्मी क्लबमा सम्पन्न कर्पोरेशनको साधारण सभाले गत बर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


















