Prakash Adhikari April 12, 2023

नाम्चे(सोलुखुम्बु), २९ चैत्र । सगरमाथाको शिखर आरोहण मार्गमा हिमपहिरो गएको छ । हिमपहिरोमा परेर आरोहणमा निस्केका ३ जना बेपत्ता भएका छन् ।

बुधबार बिहान गएको हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको छ।

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार सगरमाथा पोलुसन कन्ट्रोल कमिटि( एसपीसीसी) र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भए पनि सफल भएको छैन।

उहाँका अनुसार बेपत्ताहरुमा डा. छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा हुनुहुन्छ।

सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले जनाएको छ।

Share Now

Leave a comment.